PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लेखक गणेश लाठको उपन्यास ‘क्षमादान’को वीरगंजमा विमोचन



राधेश्याम पटेल

लेखक गणेश लाठको उपन्यास ‘क्षमादान’को वीरगंजमा विमोचन

वीरगंज  : वीरगंजका उद्योगपति तथा लेखक गणेशप्रसाद लाठको चौथो कृति ‘क्षमादान’ विमोचन भएको छ। आदर्शनगरको जैन धर्मशालामा आयोजित कार्यक्रममा उपन्यास क्षमादान विमोचन भएको हो।

साहित्यकार मुकुन्द आचार्य, पाठशाला वीरगंजका अध्यक्ष बालगोपाल थापा, लेखक लाठ, पुस्तक प्रकाशन गर्ने नेपालयकी बन्दना मास्केलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा पत्रकार चन्द्र किशोरले लाठको उपन्यास क्षमादानको बारेमा टिपण्णी गरेका थिए। उनले लेखक वीरगंजको मधेसमा बसेर तराईका भाषा, कथा, तथ्यहरुलाई निकै मिठो तवरले पुस्तकमा प्रस्तुत गरेको जिकिर गरे।

उनले भने, ‘लेखक आफै वीरगंज जस्तो फरक परिवेशमा बस्छन्, तर उनले तराई, पहाडलगायत धेरै ठाउँको कथाहरुलाई बडो बेजोड किसिमले प्रस्तुत गरेका छन्, उनको यो पुस्तकले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नेछ।’

उनले लेखक लाठको बारेमा विश्लेषण गर्दै लाठ एक उर्बर लेखक भएको पनि चर्चा गरे।२८१ पृष्ठ लामो पुस्तक ४९५ रुपैयाँमा उपलब्ध छ। नेपालकै एक उत्कृष्ट प्रकाशक मध्येको नेपालयले प्रकाशन गरेको पुस्तक र लेखकको बारेमा साहित्यकार भूषिता वशिष्ठले विभिन्न प्रश्न सोधेकी थिइन् भने लेख लाठले जवाफ फर्काएका थिए।

यसअघि लेखक लाठले अघटित, छमिया र अनुराधा भवन पुस्तक लेखिसकेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell