PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्षको कानुनी परामर्श सम्पन्न, बोलायो स्थायी समिति बैठक



पहिलोपोस्ट

सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्षको कानुनी परामर्श सम्पन्न, बोलायो स्थायी समिति बैठक

काठमाडौं : नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भोलि पार्टीको स्थायी कमिटी बैठक बसेर आजको सर्वोच्चको फैसलाबारे आवश्यक निर्णय गर्ने बताएका छन्। आज कानुन व्यवसायीहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘आजको सर्वोच्चको फैसलाबारे हामीले कानुन व्यवसायीहरुसँग छलफल गर्‍यो, आजको फैसला अनपेक्षित र बढी राजनीतिक प्रकृतिको फैसला भएको सुझाव आएको छ। थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले आफ्नो धारणा राख्नु भएको छ। त्यसको आधारमा हामी भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक बसेर आवश्यक निर्णय गर्छौँ।’

समग्र फैसलाको अध्ययन गरी बैठकमा सल्लाह गरेर मात्रै विस्तारपूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्ने उनले बताए।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले दर्ताको विषय आजको सर्वोच्चको फैसलासगँ नजोडिएको र जबर्जस्ती जोड्न खोजिए राम्रो नहुने उनको भनाइ थियो।

प्रचण्डले भने, ‘नेकपाबाट कसैले पनि न नेकपा माओवादी केन्द्र न नेकपा एमाले दर्ता गरेको छ। अरु कसैले गरेको छ भने त्यो अलग्गै कुरा हो, आजको फैसलासँग यो जोडिँदैन, जबर्जस्ती जोड्न खोजियो भने राम्रो हुँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell