PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

बर्दिबास बजारमा प्रशासनको अनुगमन, ८ वटा पसललाई कारबाही



राधेश्याम पटेल

बर्दिबास बजारमा प्रशासनको अनुगमन, ८ वटा पसललाई कारबाही

वीरगंज : स्थानीय प्रशासनले महोत्तरीको बर्दिबास बजारमा अनुगमन गरी उपभोक्ता ऐन विपरित कसुर गरेको अवस्थामा ८ वटा पसललाई कारबाही गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले बर्दिबास नगरपालिका वडा नम्बर १ स्थित कृष्ण स्टोर्सले बढी दाममा कारोबार गरेकोमा २ लाख, सोहीस्थानको बर्दिबास घरसंसारललाई रिप्याकिङ गर्ने इजाजत नलिई कारोबार गरेकोमा ५० हजार, मूल्य सूचि नराख्ने जयनिर्मल बाबा खद्यान्न भण्डारलाई ५० हजार, मूल्य सुचि नराखनेको राम आइरन स्टोसंलाई ५० हजार, अनुगमनमा असहयोग गरेको भवानी खद्यान्न भण्डारलाई १० हजार, खरिद बिल नदेखाएको महादेव जनरल किराना पसलाई ५ हजार, राज इन्टरप्राइजेजलाई ५ हजार, इजाजत नलिई कारोबार गरेको जनक फैन्सी पसललाई  ५० हजार गरी कुल ४ लाख २० हजार तत्काल जरिबाना गरी ७ दिन भित्र राष्ट्रिय वाणिज्य वैंकको खतामा राजस्व दाखिला गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सूचना अधिकारी दिलिप खंगखत्वेले जानकारी दिए।

दुई दिन अघि सर्लाहीको बागमति नगरपालिकाको विभिन्न बजारका पसलहरुमा अनुगमन गरी १२ वटा पसलले उपभोक्ता ऐन २०७५ विपरित काम गरेकोमा कुल १ लाख ५ हजार तत्काल जरिबाना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell