PahiloPost

May 15, 2024 | २ जेठ २०८१

अन्तिम समयमा सम्हालिन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड



पहिलोपोस्ट

अन्तिम समयमा सम्हालिन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको हो।

खेलको १५ औं मिनेटमै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। एट्लेटिकोका लागि लुइस स्वारेजले अग्रता दिलाउँदा पहिलो हाफमा घरेलु टोली गोलले अघि रह्यो।

दोस्रो हाफमा रियल खेलमा फर्कन सफल भयो। निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा करिम बेञ्जेमाले गोलगर्दै खेल बराबरीमा ल्याए। ८८ औं मिनेटमा कासेमिरोको पासमा उनले गोल गर्दा रियल मड्रिड र एट्लेटिको मड्रिड १-१ को बराबरीमा रोकिए।

योसँगै २५ खेल खेलेको एट्लेटिको मड्रिड ५९ अंकसहित तालिकाको शीर्षस्थानमा छ। त्यस्तै २६ खेलबाट ५४ अंक जोडेको रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा भने २६ खेलबाट ५६ अंक जोडेको बार्सिलोना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell