इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले म्याचेस्टर सिटीमाथि जित निकालेको छ। जारी सिजनमा आफ्ना पछिल्ला २१ खेलहरुमा अपराजित रहेको लिग लिडर सिटी गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा युनाइटेडसँग पराजित भएको भए।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र लुक श ले गोल गरे।
खेलको दोस्रो मिनेटमै सिटीका गाब्रिय जिससले एन्टोनी मार्सियललाई फउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै फर्नान्डेजले गोल गरे।
पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडको अग्रता श ले दोब्बर बनाए। उनले खेलको ५० औं मिनेटमा मार्कस रासफोर्डको पासमा गोल गरेका थिए। र, यो सँगै युनाइटेडले २-१ गोलअन्तरको जित निकाल्यो।
पराजयका बावजुत सिटी अंकतालिकाको शीर्षस्थानमा छ। सिटीले २८ खेलबाट ६५ अंक जोडेको छ भने समान खेलेको युनाइटेड ५४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।