PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बेल र केनको दोहोरो गोलमा टोटेनहमको जित



पहिलोपोस्ट

बेल र केनको दोहोरो गोलमा टोटेनहमको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। घरेलु टोली टोटेनहमले प्यालेसमाथि ४-१ गोलअन्तरको जित निकालेको हो।

टोटेनहमको जितमा ग्यारिथ बेल र ह्यारी केनले समान २/२ गोल गरे।

खेलको २५ औं मिनेटमा केनको पासमा गोल गर्दै बेलले घरेलु टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा प्यालेसका क्रिस्टियन बेन्टेकेले गोल फर्काउँदा पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

त्यस्तै दोस्रो हाफमा बेलले नै फेरि अग्रता दिलाए। उनले खेलको ४९ मिनेटमा केनकै पासमा गोल गर्दै अग्रता दिलाए। त्यस्तै ५२ औं मिनेटमा केनले गोल थपे। त्यस्तै ७६ औं मिनेटमा पनि केनले सन ह्युङ मिनको पासमा गोल गर्दा टोटेनहमले ४-१ गोलअन्तरले जित निकाल्यो।

गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुल फुलहमसँग १-० गोलअन्तरले पराजित भएको थियो।

जितसँगै २७ खेलबाट ४५ अंक जोडेको टोटेनहम तालिकाको छैटौं स्थानमा उक्लिएको छ। त्यस्तै ३४ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell