PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मेयर कप क्रिकेट: आर्मीलाई काठमाडौंको चुनौती



पहिलोपोस्ट

मेयर कप क्रिकेट: आर्मीलाई काठमाडौंको चुनौती
फाइल फोटो

काठमाडौं: काठमाडौं मेयर कपमा आज त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर ११ भिड्दै छन्। यसअघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेटको विजेतासमेत रहेको बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई प्रतियोगितामा सन्दीप लामिछानेको कप्तानीमा सानदार सुरुवात गरेको काठमाडौं मेयर्स ११ ले चुनौती दिनेछ।

दुबै टोलीको प्रतियोगितामा यो दोस्रो खेलमा हो। प्रतियोगितामा आफ्नो पहिलो खेलमा आर्मी एपीएफसँग पराजित भएको थियो। त्यस्तै आइतवार आफ्नो पहिलो खेलमा वाग्मतीमाथि सानदार जित निकालेको काठमाडौं मेयर ११ प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। खेल बिहान ८:४५ मा सुरु हुनेछ।

प्रतियोगितामा काठमाडौं मेयर ११ र प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका चार टोली नेपाल एपीएफ, नेपाल आर्मी, नेपाल पुलिस र वाग्मती प्रदेश गरी ५ टिमको सहभागिता छ। प्रतियोगिताको फाइनल फागुन २९ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell