काठमाडौं: धेरै जसो मानिसले हराएको मोबाइल भेटिन्छ भनेर आशा मारिसकेका हुन्छन्। कतिले त मोबाइल हराएपछि प्रहरीमा उजुरी समेत गर्दैनन्। तर, हराएर उजुरी परेकामध्ये केही भए पनि मोबाइल प्रहरीले फेला पार्ने गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि विभिन्न समयमा हराएका मोबाइल फेला पारी सम्बन्धी मोबाइल धनीलाई बुझाएको छ। प्रहरीले विभिन्न कम्पनीका २२ वटा मोबाइल फेला पारेको थियो। १२ हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँ मूल्य पर्ने मोबाइल फेला परेको बुझाएको प्रहरीले जानकारी दिएको छ।
सोमवार फेला परेका मोबाइल सम्बन्धित मानिसलाई दिएपछि उनीहरूको मुहारमा खुशी झल्किएको देखिन्थ्यो।
