PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

लेखराज भट्टसँगै ओली समूहमा गएका प्रदेश सांसद जोशी दाहाल-नेपाल समूहमै फर्किए



पहिलोपोस्ट

लेखराज भट्टसँगै ओली समूहमा गएका प्रदेश सांसद जोशी दाहाल-नेपाल समूहमै फर्किए

काठमाडौं : सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी दाहाल-नेपाल समूहमै फर्किएका छन्। पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई कित्तामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा पूर्वमाओवादी पृष्ठभूमिका जोशी नेता लेखराज भट्टसँगै केपी ओली समूहमा प्रवेश गरेका थिए।

ओली समूहमा प्रवेश गरेको दुई महिनापछि जोशी सोमवार बिहान दाहाल-नेपाल समूहमा फर्किएका हुन्। जोशी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

जोशीलाई आज बिहान दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेृ विना मगरसहित कञ्चनपुरका पार्टी नेताको उपस्थितिमा खुमलटारमा स्वागत गरेको उनी निकट नेकपा कञ्चनपुरका नेता अर्जुन साउदले जानकारी दिए।

‘केपी ओलीको प्रतिगामी, स्वेच्छाचारी, निरंकुश कदम ठिक लागेन। सुरुमा बुझ्न सकिएन। अहिले बुझेर फर्किएको हुँ,’ जोशीको भनाइ उद्धृत गर्दै साउदले भने।

हाल सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्ट भने ओली समूहमै छन्। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र व्युँताएकाले भट्टसहित ओली समूहमा लागेका माओवादी मन्त्रीलाई अफ्ठ्यारो अवस्था सिर्जना भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell