PahiloPost

May 14, 2025 | १ जेठ २०८२

पार्टी फुकुवा भएपछि गृह जिल्ला पुगे विप्लव



पूजा पन्थी

पार्टी फुकुवा भएपछि गृह जिल्ला पुगे विप्लव

बुटवल : नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द (विप्लव) कपिलवस्तु पुगेका छन्। नेपाल सरकार र भूमिगत रहँदै आएको नेपाल कम्युनिस्ट पार्टी बिच फागुन २१ गते  तीन बुँदे हस्ताक्षर भएपछि विप्लव सार्बजनिक भएका थिए ।  

विप्लव पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि यहाँ आएका हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् उनले।  

विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएको नेपाल कम्युनिष्ट पार्टीका अखिल नेपाल महिला सघं क्रान्तिकारीको अध्यक्ष  बन्धु चन्दले जानकारी दिइन्।

महिला सघंको कार्यक्रममा  केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र  अशलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ।

आज उद्घाटन गरिएको  सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज जुझारुले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell