PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोमपालको ब्याटिङ जम्दा काठमाडौं मेयर ११ माथि आर्मीको जित



पहिलोपोस्ट

सोमपालको ब्याटिङ जम्दा काठमाडौं मेयर ११ माथि आर्मीको जित
तस्बिर: क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३.५ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको काठमाडौं ११ का लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा सन्दीप रजालीले ३७ रन जोडे। त्यस्तै खड्क बोहोराले १९, हरिशंकर साहले १८ र सन्दीप लामिछानेले १३ रन जोडे। काठमाडौंलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिँदा जितेन्द्र मुखियाले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ८० रन बनाउँदा कुशल मल्लले २३ रन बनाए। त्यस्तै भीम सार्कीले १६ रन बनाउँदा कप्तान बिनोद भण्डारी २० रनमा अभिजित रहे।

बलिङतर्फ सन्दीप लामिछाने र बिपिन खत्रीले समान २/२ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।

जारी प्रतियोगितामा दुई खेल खेलेको आर्मीको यो पहिलो जित हो। त्यस्तै पहिलो खेलमा वाग्मतीलाई हराएको काठमाडौं मेयर ११ को यो पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell