जनकपुरधाम : १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले आयोजना गरेको कार्यक्रममा साहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका छन्।
आरती साहमाथि उनकै श्रीमानले लक्ष्मी पूजाको दिन माइतीमै गएर एसिड प्रहार गरेका थिए। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर उनका श्रीमानले एसिड प्रहार गरेका थिए।
प्रहरीले एसिड प्रहार गर्ने आरतीका श्रीमान् र एसिड व्यापारीलाई पक्राउ गरिसकेको छ। हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ।
