PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

प्रचण्ड माधव समूहको निर्णय : अब एमाले एमालेतिर, माओवादी माओवादीतिरै अलग भएर जाने



प्रकाश भण्डारी

प्रचण्ड माधव समूहको निर्णय : अब एमाले एमालेतिर, माओवादी माओवादीतिरै अलग भएर जाने

काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक अब अब माओवादी माओवादीतिर र एमाले एमालेतिरै लाग्ने निष्कर्षसहित सकिएको हो।

बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको थियो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको हो जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक फरक पार्टीलाई व्युँताएको थियो।

बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै त्यसको कार्यान्वय गर्ने गरी नेताहरु अघि बढ्ने निर्णय गरेको नेता गणेश साहले बताए।

'माओवादी र एमाले अदालतको निर्णयअनुसार अघि बढ्ने प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठकले निर्णय गरेको छ,' स्थायी कमिटी सदस्य गणेश साहले भने।

प्रचण्ड माधव समूहको यो रुपमा भएको स्थायी कमिटीको बैठक यो नै अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताए। उनले अदालतले गरेका निर्णय अस्पष्ट रहेकोले यसको कार्यान्वयनमै अप्ठेरो अवस्था आउन सक्ने बताए। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेकोसमेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell