PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

धनुषाको लालगढका ६ वटा होटलहरुलाई कारबाही



राधेश्याम पटेल

धनुषाको लालगढका ६ वटा होटलहरुलाई कारबाही

वीरगंज : धनुषाको लालगढमा सञ्चालित ५ वटा होटलहरुलाई प्रशासनले कारबाही गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको नेतृत्वमा भएको अनुगमनमा उपभोक्ता ऐन २०७५ विपरित गतिविधि गरेको पाइएकोमा उनीहरुलाई कारबाही गरिएको कार्यालयका सूचना अधिकारी दिलिपखंग खत्वेले जानकारी दिए।

अनुगमन टोलीले मूल्य सूचि नराखेका सृजना होटल तथा गेष्ठ हाउस, दिदी भेना होटल र हाईवे होटललाई ५० हजार तथा खरिद बिल नदेखाएकोले रिया कोल्ड स्टोर्सलाई ५ हजार, मूल्य सूचि नराखेको होटल ग्रीन हाउसलाई ५० हजार, लालगढ थकाली भन्सा घरलाई ५० हजार गरी कुल २ लाख ५५ हजार तत्काल जरिबाना गरिएको थियो।

उपभोक्ता ऐन २०७५ को दफा ३८ बमोजिम कारबाही गरी ३९ दफा बमोजिम तत्काल जरिबाना गरिएको रसिद काटिएको थियो। ६ वटै होटलहरुलाई ७ दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा राजस्व दाखिला गर्न आदेश गरिएको छ।

अनुगमन टोलीमा वाणिज्य कार्यालय वीरगंजका प्रमुख जितबहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालय धुनषाका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय धुनषालगायत निकायका प्रतिनिधिहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell