PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टेकुमा कोरोनाविरुद्धको खोप लगाएका वृद्धवृद्धामध्ये अधिकांशमा दीर्घरोग, दीर्घरोग भएकाले खोप लगाउन मिल्छ?



पहिलोपोस्ट

टेकुमा कोरोनाविरुद्धको खोप लगाएका वृद्धवृद्धामध्ये अधिकांशमा दीर्घरोग, दीर्घरोग भएकाले खोप लगाउन मिल्छ?

काठमाडौं : सोमवार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२४ जना वृद्धवृद्धाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जसमध्ये ११७ जना महिला र १०७ जना पुरुष रहेको अस्पतालका चिचित्सक डा अनुप बास्तोलाले जानकारी दिए।

डा बास्तोलाका अनुसार खोप लगाएकामध्ये १५६ जनामा दीर्घरोग रहेको र निरन्तर औषधि सेवन गरिरहेको छन्। जसमध्ये उच्च रक्तचाप ११२ जनामा, मधुमेह ५०, थाइरोइडको समस्या १६, मुटु सम्बन्धी अन्य समस्या १५, चिल्लो ९लिपिड० सम्बन्धी समस्या १२, फोक्सो सम्बन्धी समस्या ८, मिर्गौला सम्बन्धी समस्या ४, क्यान्सर उपचार सकेका ३ र १ जना नसा सम्बन्धी उपचार गरिरहेका रहेको उनले बताए। खोप लगाएपछि सबै जना कुनै समस्याबिना घर फर्किएका थिए।

कोरोना भाइरसविरुद्धको खोप लगाउन आउने वृद्धवृद्धामा खोपबारे धेरै द्विविधा पाइएको डा बास्तोलाले बताए। उनले विभिन्न दीर्घरोग भएका र दीर्घरोगको औषधि खाइरहेका तथा क्यान्सरको उपचार सकेकाहरुले पनि खोप लगाउन सक्ने बताए।

 

आज टेकु अस्पतालमा खोप लगाउनु भएका मध्य २२४ जना बुवाआमासँग उहाँहरुको दीर्घरोग बारे सोधिएको थियो । उहाँहरुको औसत उमेर ७१...

Gepostet von Bastola Anup am Montag, 8. März 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell