PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

अन्तर्राष्ट्रिय महिला दिवसमा बक्समाण्डुले आयोजना गर्‍यो महिला बक्सिङ प्रतियोगिता

अन्तर्राष्ट्रिय महिला दिवसमा बक्समाण्डुले आयोजना गर्‍यो महिला बक्सिङ प्रतियोगिता

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बक्समाण्डुले महिला बक्सिङ प्रतियोगिताको आयोजना गरेको छ।

प्रतियोगितामा शुष्मा तामाङ विजयी भइन्। उनले नगद पचास हजार रुपैयाँ पुरस्कार पाइन्। विभिन्न तौल समूहमा अस्मिता दुवाल, रोशनी राई, जस्मिन केसी, मन्दिरा पुतुवाल, देचेन शेर्पा, हेमा राई र माला राई विजयी भए। उनीहरुले नगद दश हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा ८ तौल समूहमा १६ खेलाडीले सहभागिता जनाएका थिए। खेल कीर्तिपुरमा भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell