PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

एभर्टनमाथि चेल्सीको सहज जित



पहिलोपोस्ट

एभर्टनमाथि चेल्सीको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोल जित निकालेको हो।

खेलमा चेल्सीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। एभर्टनका बेन गडफ्रेले ३१ औं मिनेटमा गोलगर्दा आत्मघाती गोल गर्दा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि दोस्रो गोल जोर्गिन्होले गरे। उनले खेलको ६५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

जितसँगै चेल्सी शीर्ष चारमा उक्लिएको छ। चेल्सीले २८ खेलबाट ५० अंक जोडेको छ भने पराजय ब्यहोरेको २७ खेलबाट ४६ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell