PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चार सन्तानसहित एक महिला हाम्फालिन् कर्णालीमा, दुई छोरीको भेटियो शव



पी बी खड्का

चार सन्तानसहित एक महिला हाम्फालिन् कर्णालीमा, दुई छोरीको भेटियो शव

सुर्खेत : दैलेखको आठविस नगरपालिकाकी एक महिलाले चार सन्तानसहित नदीमा हामफालेकी छन्। नगरपालिका –३ स्थित ३५ वर्षीया सुनिता बडुवालले १९ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेरको प्रहरीको अनुमान छ।

राकम कर्णाली प्रहरीका अनुसार चार सन्तानमध्ये १५ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकै कर्णाली नदीमा सोमबार फेला परेको हो। फेला परेको शवको दुवै हात बाँधिएको अवस्थामा रहेको प्रहरी इन्चार्ज ज्ञानबहादुर रानाको भनाई छ। बाँकी दुई जनाको खोजी भईरहेको छ। प्रहरीकाअनुसार आइतवार अपरान्ह चार बजेतिर एक छोरा र तीन छोरी लिएर सुनिता घरबाट निस्केकी थिइन्।

घर झगडाका कारण सुनिताले छोराछोरी सहित हात्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। ‘दुई छोरीको शव फेला परेसँगै सुनिताको श्रीमान्लाई नियन्त्रणमा लिएका छौँ।’ इन्चार्ज रानाले भने, ‘घरझगडाको कारणले होकी भन्ने छ, खास किन र कसरी घटना हुन पुग्यो विस्तृत अनुसन्धान भईरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell