PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पाकिस्तानी क्लबमा कप्तानको जिम्मेवारी पाएपछि एञ्जिलाको प्रतिकृया : चुनौती उठाउन तयार छु



पहिलोपोस्ट

पाकिस्तानी क्लबमा कप्तानको जिम्मेवारी पाएपछि एञ्जिलाको प्रतिकृया : चुनौती उठाउन तयार छु

काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तोम्बाफोले पाकिस्तानमा कप्तानको भुमिका पाएकी छिन्। पाकिस्तानी फुटबल लिग खेल्न मासा युनाइटेड फुटबल क्लबमा पुगेकी तोम्बाफोले कप्तानको भूमिका पाएसँगै आफू चुनौती उठाउन तयार रहेको प्रतिकृया दिएकी हुन्।

तोम्बाफो रहेको टिममा नेपाली टिमका अन्य सदस्यहरु सरु लिम्बु,अनिता केसी र गीता रानासमेत रहेका छन्। चारै जना खेलाडी विभागीय टोली एपीएफबाट खेल्छन्। अघिल्लो महिना एपीएफले अपराजित रहँदै नेपाल राष्ट्रिय महिला लिग जितेको थियो।

त्यसपछि पाकिस्तानी क्लबमा परेका खेलाडीहरु तीनदिन अघि पाकिस्तान प्रस्थान गरेका थिए।

कप्तानीको भूमिका पाएसँगै तोम्बाफोले आफू चुनौती उठाउन तयार रहेको फेसबुकमार्फत प्रतिकृया दिएकी छिन्।

‘आज भएको कार्यक्रममा मलाई टोलीको कप्तानी दिने निर्णय भएको छ। टोलीको नेतृत्व गर्न तयार छु। भर्खरै बनेको टोली रहेछ। राम्रो नतिजा दिने प्रयास गर्छु’ उनले लेखेकी छिन्, ‘रेडी फर दी च्यालेन्जेज।’

Posted by Anjila Tumbapo Subba on Monday, March 8, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell