PahiloPost

May 15, 2025 | २ जेठ २०८२

काँग्रेस सभापतिमा कल्याण गुरुङको दाबी, 'सभापति पदमा उम्मेदवारी दिन्छु, १ दिन्छु २ दिन्छु ३ दिन्छु'



पूजा पन्थी

काँग्रेस सभापतिमा कल्याण गुरुङको दाबी, 'सभापति पदमा उम्मेदवारी दिन्छु, १ दिन्छु २ दिन्छु ३ दिन्छु'

बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले बुटवल आएर नेपाली काँग्रेसको अबको महाअधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने उद्घोष गरेका छ्न। गुरुङले नेपाली काँग्रेसमा अब आफ्नो नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई सुदृढ बनाउदै लैजानको लागि उम्मेदवारी दिन लागेको दाबी गरे।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलमा आयोजना गरिएको साक्षत्कारमा बोल्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले भने, 'म कल्याण गुरुङ, नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय सभापति पदमा उम्मेदवारी दिन्छु। १ दिन्छु २ दिन्छु ३ दिन्छु।'

केन्द्रिय सदस्य गुरुङ्ले आफ्ना मान्छेको राजनीतिक भविष्य सुरक्षित गर्नको लागि उम्मेदवारी घोषणा गर्न नहुने बताए। उनले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको ब्यक्तिगत रुपमा स्वागत गरेको बताए।

उनले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेर गएको उल्लेख गर्दै केन्द्रिय सदस्य गुरुङले सबै दलबाट नेतृत्वको लागि प्रस्ताव आईरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell