PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सांसद कोमल वली एमाले नेता रघुजी पन्तबिरुद्ध अदालतमा मुद्दा लिएर जाँदै



पहिलोपोस्ट

सांसद कोमल वली एमाले नेता रघुजी पन्तबिरुद्ध अदालतमा मुद्दा लिएर जाँदै
फाइल फोटो

काठमाडौं : राष्ट्रिय सभा सांसद कोमल वलीले नेता रघुजी पन्तबिरुद्ध मुद्दा दर्ता गर्ने भएकी छिन्। सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर मुद्दा दर्ता गर्न लागेकी हुन्।

केही साता अघि एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका भन्दै आलोचना गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस्तो अभिव्यक्ति दिएका थिए। त्यही क्रममा एक अर्का पक्षका नेताले सार्वजनिक कार्यक्रममा नै कटाक्ष गर्दै भाषणवाजी गर्ने होड थियो। 

नेता पन्तले आफूलाई अपमान गरेको भन्दै सांसद वली आक्रोसित बनेकी थिइन्। 

'आज नै अदालत गएर मुद्दा दर्ता गराउँछु। गाली बेइज्जतीमा मुद्दा दिँदैछु,' वलीले भनिन्।

पार्टीभित्र देखिएको विवाद व्यक्ति केन्द्रित बन्दा समस्या झनै बल्झिएको थियो। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिसकेको छ। साथै, अदालतले नै एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण लाई पनि मान्यता नदिएपछि अहिले दुवै पार्टी तीन वर्ष अघिकै अवस्थामा फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell