PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

आर्मीको चलेन ब्याटिङ, सागर र पवनले कसिलो बलिङ गर्दा रनमा ८७ रनमा अलआउट



पहिलोपोस्ट

आर्मीको चलेन ब्याटिङ, सागर र पवनले कसिलो बलिङ गर्दा रनमा ८७ रनमा अलआउट
फाइल फोटो: क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानीमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई रनको ८८ रनको झिनो लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ३०.१ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो।

आर्मीको ब्याटिङलाई तहसनहस बनाउन पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा पवन सर्राफले ३ र ललित रजबंशीले २ विकेट लिए।

सुरुवाती ब्याटीङ गरेको आर्मीको लागि लोकेस बमको सर्वाधिक ३२ रन बनाउँदा विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

पुलिस केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी अर्को खेलमा एपीएफ र वाग्मती प्रदेश भिड्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell