PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सेनाको प्याराट्रुपलाई हावाले हुत्याउँदा बाहिरै ल्यान्डिङ, भएन कुनै क्षति



पहिलोपोस्ट

सेनाको प्याराट्रुपलाई हावाले हुत्याउँदा बाहिरै ल्यान्डिङ, भएन कुनै क्षति
फाइल फोटो।

काठमाडौं : सैनिक दिवसका लागि गरिएको अभ्यासका क्रममा नेपाली सेनाको प्याराट्रुप सेनाको क्षेत्रभन्दा बाहिर पुगेको छ। प्याराजम्पको अभ्यास गर्दा उनीहरु तोकेको क्षेत्रभन्दा बाहिर पुगेको भए पनि कसैलाई क्षति नपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार चर्को हावाका कारण प्याराट्रुप तोकिएको स्थानमा नझरी अन्यत्रै पुगेका थिए। १४ जना प्याराट्रुपमध्ये ६ जना हावाका कारण हुत्तिएर सेनाको क्षेत्रभन्दा बाहिर पुगेका थिए। उनीहरु हेलिकप्टरबाट टुँडिखेलमा उत्रनका लागि झरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell