PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फेरि झुन्डियो पुरानै नाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)

फेरि झुन्डियो पुरानै नाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दुई पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र एकिकरण भएर २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो। एकिकरणपछि देशभरका पार्टी कार्यालयका नामदेखि पार्टीले गर्ने सम्पूर्ण कागजी प्रकृयाका दस्तावेजहरुमा समेत नाम परिवर्तन भए।

तर, सर्वोच्च अदातलले आइतवार गरेको निर्णय अनुसार एकिकरण भएको पार्टीको नामले आधिकारिकता पाएन। त्यसपछि पार्टी तीन वर्षअघिकै अवस्थामा फर्किएको छ - नेकपा एमाले र नेकपा माओवादी केन्द्र।

प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले गरेदेखि नै नेकपामा फुटको राजनीति अगाडि बढ्यो। दुई समुह प्रष्टरुपमा देखिए। सडक आन्दोलन नै भयो। झन् अदालतले नै पार्टी एकताको आधिकारिकता नमानेपछि ओली नेतृत्वको समूह निक्कै उत्साही देखिएको छ। 

अहिले देशभरका पार्टी कार्यालयमा पार्टीका नामको होर्डिङ बोर्डहरु फेर्न थालिएको छ। एमालेको मुख्य कार्यालय धम्बाराहीमा पनि बोर्ड फेरिएको छ। त्यस्तै, जिल्लाका विभिन्न कार्यालयहरुका बोर्डहरु समेत फेरिएका छन्। यता माओवादी केन्द्रले भने बोर्ड फेरिसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell