काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा वाग्मती प्रदेशले एपीएफलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतकको सहायतामा ६ विकेट गुमाउँदै २३३ रन बनाएको हो।

वाग्मतीका सर्वाधिक रन बनाएका यादवले अभिजित ६० रन बनाउँदा र मल्लले ५७ रन बनाए। त्यस्तै आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रनको महत्वपूर्ण योगदान दिए।
बलिङतर्फ किसोर महतो र अमर रौटेलाले समान २/२ विकेट लिँदा अभिनास बोहोरा र बसन्त रेग्मीले समान १/१ विकेट लिए।
एपीएफ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
आजै मुलपानी मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मीमाथि नेपाल पुलिसले जित निकालेको छ।
