PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ललितपुर महानगर र क्यानबिच सम्झौता, महिला टी २० क्रिकेट हुने



पहिलोपोस्ट

ललितपुर महानगर र क्यानबिच सम्झौता, महिला टी २० क्रिकेट हुने

काठमाडौं: ललितपुर महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान) बिच ललितपुर मेयर कप टी २० महिला क्रिकेट प्रतियोगिता आयोजना गर्नेबारे सम्झौता भएको छ। सम्झौता अनुरुप ललितपुर महानगरले आजै क्यानलाई प्रतियोगिताका लागि २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

पुरुषतर्फ अहिले काठमाडौं मेयरकप एकदिवसीय प्रतियोगिता चलिरहेको छ। यस्तोमा ललितपुर महानगरले पनि महिलातर्फको क्रिकेट प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको हो। काठमाडौं महानगरले टी २० क्रिकेटका लागि ५० लाख रुपैयाँको सम्झौता गरेको थियो।

प्रतियोगितामा पाँचवटा टिम सहभागी रहने छन्। एउटा टिम ललितपुर मेयरको हुनेछ भने बाँकी चार टिम प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहनेछन्।

प्रतियोगिता चैत महिनामा हुने बताइए पनि मिति भने तोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell