PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ने क पाको एकीकरण खारेज हुँदा गोपाल किराँती र सन्ध्या तिवारी दल पनि खारेज



पहिलोपोस्ट

ने क पाको एकीकरण खारेज हुँदा गोपाल किराँती र सन्ध्या तिवारी दल पनि खारेज

काठमाडौं : निर्वाचन आयोगले गोपाल किराँती र सन्ध्या तिवारीका नाममा दर्ता भएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दर्ता खारेज गर्ने निर्णय गरेको छ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर निर्वाचन आयोगको जेठ २३ गतेको निर्णयबाट दल ने क पा बनेका थिए। एक वर्ष सम्म आयोगले यी दुई दलको नाम रिजर्भ राखेको थियो।

२०७५ जेठ २३ अगाडि आयोगमा दर्ता नं. ३२ मा नेकपा एमाले र दर्ता नं. ३७ मा नेकपा माओवादी केन्द्र दर्ता रहेका थिए।

त्यसको एक वर्षपछि निर्वाचन आयोगले आयोगले १५३ दर्ता नं. मा गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र दर्ता नं. १६० मा सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) दर्ता गरेको थियो।

आइतवार सर्वोच्च अदालतले २०७५ जेठ २३ गतेको निर्णय उत्प्रेषणको आदेशबाट खारेज गरिदिएपछि आयोगले मंगलवार आदेश कार्वान्वयन गर्ने निर्णय गरेको छ। आयोगले १५३ दर्ता नं. मा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र १६० दर्ता नं. मा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामका दुबै दलको दर्ता समेत खारेज गर्ने निर्णय गरेको छ।

यस सम्बन्धी निर्णय किराँती र तिवारीलाई गराउनेसमेत निर्णय भएको छ। आयोगले दुबै दललाई नयाँ राजनीतिक दल दर्ताका लागि १५ दिनभित्र सुधारसहित आयोगमा उपस्थित हुनसमेत भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell