काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७८ वैसाख २५ देखि २८ गतेसम्म काठमाडौं गर्ने केन्द्रीय महाधिवेशनका लागि तयारी अगाडि बढाएको छ।
अधिवेशनका लागि पार्टीका अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । समितिमा सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्ष र कार्य सम्पादन समितिका सबै सदस्य रहने गरि मूल आयोजक समिति गठन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।
