PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सत्ता सहकार्यका लागि बन्यो जसपा र एमालेको संयुक्त कार्यदल



पहिलोपोस्ट

सत्ता सहकार्यका लागि बन्यो जसपा र एमालेको संयुक्त कार्यदल

काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच सत्ता सहकार्य र संविधान संशोधनका विषयमा गृहकार्य गर्नका लागि संयुक्त कार्यदल बनेको छ। कार्यदल बनेको जसपाका नेता सुरेन्द्र झाले पुष्टि गरे।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत राजनीतिक बन्दीलाई रिहाइ गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न, सहमति निर्माण गरेर कार्यान्वयन गर्न समिति बनाइएको जसपाका नेताले बताएका छन्।  कार्यदलमा जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण छन् भने एमालेबाट सुवास नेम्वाङ, प्रधानमन्त्रीका सल्लाकार राजन भट्टराई र उपमहासचिव विष्णु पौडेल छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने बाध्यता छ। त्यसका लागि जसपा र कांग्रेसमध्ये कुनै एक पार्टीको समर्थन ओलीलाई आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell