PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ, विशेष अदालतमा मुद्दा दायर



पहिलोपोस्ट

निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई पक्राउ गरेको हो। उनीविरुद्ध विशेष अदालतमा मुद्दा समेत दायर गरिएको छ।

भेटवाललाई दुई वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा समेत पक्राउ गरेको थियो। त्यसपछि पनि उनलाई बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।

भेटवालले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएका थिए। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट बैक ऋण लिएको देखिएको थियो।

उनी साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रबन्धक विकास श्रेष्ठ, वरिष्ठ प्रबन्धक गोकर्ण कट्टेल, ऋणी घनश्याम घिमिरे, पर्शुराम खनाल, वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्य लगायतको मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको अभियोगमा पक्राउ परेका थिए।

उनी पुरानोबस पार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell