PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम र बमबहादुर नियुक्त



पहिलोपोस्ट

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम र बमबहादुर नियुक्त

काठमाडौँः नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुबै जनाको नियुक्ति पुष्टि गरेका छन्।

गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रीपरिषद्ले मंगलबार उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो।

ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्। ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell