PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बुटवलमा पनि 'नेकपा'को फालेर एमालेको बोर्ड



पूजा पन्थी

बुटवलमा पनि 'नेकपा'को फालेर एमालेको बोर्ड

बुटवल : सर्वोच्च अदालतको फैसलापछि नेकपाका पार्टी कार्यालयहरुमा पनि विभाजनको असर देखा पर्न थालेको छ।

देशभरीमा सबैभन्दा बढी आफ्नै भवन रहेको पूर्व एमाले कार्यकर्ताहरुले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएका बोर्ड झुण्ड्याउन थालेका छन्।

पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा रुपान्तरण भएको बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवनमा एमाले कार्यकर्ताहरुले मंगलवार नेकपा एमाले लेखेको बोर्ड टांगेका छन्।

यसअघि नेकपा एमालेको स्वामित्वमा रहेको यो भवन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेले लुम्बिनी अन्चल पार्टी कार्यालयको रुपमा प्रयोग गरेको थियो भने पछि प्रदेश कार्यालय बनाईएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell