
सुर्खेत : सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर भएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आ–आफ्ना झण्डा सहितका बोर्ड झुण्डाउन थालेका छन्। पूर्ववत: दुवै पार्टीले नेकपा नामको बोर्ड रहेको पार्टी कार्यालयमा एमाले र माओवादी केन्द्रले आ–आफ्ना बोर्ड झुण्ड्याएका हुन्। सुर्खेतमा नेकपाको जिल्ला कार्यालयको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ भने, नेकपाको कर्णाली प्रदेशको कार्यालयमा रहेको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।
एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँतिएका हुन्। अदालतको फैसलाले उत्साहित बनेका प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली समूहले पार्टीको झण्डा यसअघि नै राखिसकेको थियो। माओवादी केन्द्रले भने पार्टीको बोर्ड मंगलवार मात्रै राखेको छ।