PahiloPost

May 16, 2026 | २ जेठ २०८३

खेलाडीबाट राजनीतिकर्मीले अनुशासन सिक्नुपर्छ : रमेश लेखक



पहिलोपोस्ट

खेलाडीबाट राजनीतिकर्मीले अनुशासन सिक्नुपर्छ : रमेश लेखक

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

दशरथ चन्द नगरपालिका बैतडी द्वारा आयोजित वडास्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै नेता लेखकले भने, ‘बैतडी जिल्लाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ किर्तिमानी कायम गर्न सफल भएर जिल्लाको गौरव बढाउने काम गरेको छ।’

नेता लेखकले खेलाडीहरुले खेल खेल्दा अनुशासनमा बस्ने भएकाले खेलाडीहरुबाट राजनीतिकर्मीहरुले पनि अनुशासन सिक्नु पर्ने समेत बताए।

समापन समारोहमा प्रतियोगितामा बिजेता दसरथचन्द नगरपालिका वडा नम्बर - ४ को टोलीलाई ७५ हजार नगद सहित ट्रफी र उपबिजेता दशरथ चन्द नगरपालिका वडा नम्बर -५ को टोलीलाई ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell