PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको संसद सचिवालयलाई जानकारी



पहिलोपोस्ट

निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको संसद सचिवालयलाई जानकारी

काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको औपचारिक जानकारी संसद सचिवालयलाई गराएको छ।

आयोगबाट आएको जानकारी पत्र बुधवार संसद सचिवालयमा दर्ता भएको छ।

पत्र आएसँगै सचिवालयले आज बस्ने संसद बैठकमा एमाले र माओवादी केन्द्रको दलगत रो बनाएको छ। यद्यपि माओवादीले सरकारबाट समर्थन फिर्ता नलिएकाले सत्ता पक्षकै लहरमा दुबै दलका सांसद रहनेछन्। यसअघि पहिलो बैठकमा नेकपाकै रो मा दुबै दलका सांसद बसेका थिए। 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र माओवादी अलग दल रहेको पत्र संसद सचिवालयमा पुगिसकेको जानकारी दिए।

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलकै नाममा कायम गर्दै एमाले र माओवादी ब्युँताएपछि निर्वाचन आयोगले मंगलवार फेरि एकता गर्ने भए १५ दिनभित्र प्रक्रिया आउन दुबै दललाई आह्वान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell