PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सिन्धुपाल्चोकबाट विराटनगर बोलाएर भारत बेच्न लैजाँदै गर्दा दुई जना युवक समातिए



पहिलोपोस्ट

सिन्धुपाल्चोकबाट विराटनगर बोलाएर भारत बेच्न लैजाँदै गर्दा दुई जना युवक समातिए

काठमाडौं : प्रहरीले मानव बेचविखन गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ र महानगरपालिका वडा नम्बर १६ बस्ने प्रेम बहादुर मगरलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले होटेलमा काम लगाइदिने भन्दै सिन्धुपाल्चोकबाट दुई महिलालाई विराटनगरमा बोलाएर भारत बेच्न लैजाँदै गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell