PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नक्कली नोट बनाउने समान सहित एक युवक पक्राउ



पहिलोपोस्ट

नक्कली नोट बनाउने समान सहित एक युवक पक्राउ
फाइल फोटो

काठमाडौंः नक्कली नोट बनाउने सामाग्री सहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको हो। रानाको साथबाट प्रहरीले १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान समेत बरामद गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell