PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काठमाडौं मेयर ११ लाई पुलिसको १ सय ९८ रनको लक्ष्य



पहिलोपोस्ट

काठमाडौं मेयर ११ लाई पुलिसको १ सय ९८ रनको लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज जारी खेलमा काठमाडौं मेयर ११ लाई नेपाल पुलिसले १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै पवन सर्राफले २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर शाहले समान ३/३ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।

काठमाडौं मेयर ११ केही बेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell