PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमेरिकामा नेपाली मुलका उबर चालकमाथि दुर्व्यवहार, भाइरल भयो भिडियो



पहिलोपोस्ट

अमेरिकामा नेपाली मुलका उबर चालकमाथि दुर्व्यवहार, भाइरल भयो भिडियो

सन फ्रान्सिस्कोमा नेपाली मूलका उबर चालकमाथि दुर्व्यवहार भएको छ। प्यासेन्जरलाई मास्क लगाउन अनुरोध गर्दा ट्याक्सी चालक शोभाकर खड्कामाथि एक महिलाले दुर्व्यवहार गरेकी हुन्। सोसल मिडियामा खड्कामाथि गरिएको दुर्व्यवहार अहिले भाइरल भइरहेको छ।

भाइरल भएको भिडियोमा चालक खड्काले पछाडि सिटमा रहेकी एक महिलालाई मास्क लगाउन अनुरोध गरेपछि विवाद भएको देखिएको छ।

मास्क लगाउन अनुरोध गर्दा आक्रामक बनेकी महिलाले चालक खड्काको मुखबाट मास्कमात्र फुस्काइनन् उनको मोबाइल समेत लिने प्रयास गरिन्। खड्काले महिलाले मास्क नलाएको देखेपछि नजिकैको ग्यास स्टेसनमा गएर किन्न अनुरोध गरेको जनाएका छन्। 

आक्रोशित महिलले ट्याक्सी छोडेर जाने बेलामा आँखा पोल्ने धुलो प्रहार गरेको खड्कालाई उदृत गर्दै सन फ्रान्सिस्को प्रहरी प्रवक्ताले बताएका छन्। हफपोस्टले जनाएअनुसार आप्रवासी चालक खड्काले आफ्नो रंगभेदका कारण आफूमाथि दुर्व्यवहार भएको जनाएका छन्। 

खड्काले पछिल्लो सिटमा बसेका तीन जनामध्ये एक जना महिलाले मास्क लगाएकी थिइनन्। उनलाई मास्क लगाउन अनुरोध गरेपछि विवाद सुरु भएको हो। महिलाले मास्क लगाउन मानिनन्। चालक खड्काले गाडी ग्यास स्टेसनतिर लगे ता कि ती महिलाले मास्क किनुन् र चढुन्। तर ग्यास स्टेसन पुग्नु अघि नै उनीमाथि दुर्व्यवहार भयो। 

उनीहरु गाडीबाट उत्रिए र एकजना महिला फर्केर गाडीको झ्यालमा पुगिन् र धुलो छ्यापेको प्रहरीले जनाएको छ। 

ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले सर्वसाधारणलाई सहयोग मागेको छ। कोभिड १९ संक्रमणसँगै अमेरिकामा एसियाली मुलका नागरिकमाथि दुर्व्यवहार बढेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell