PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

छैन पहिलेजस्तो चहलपहल : शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र

छैन पहिलेजस्तो चहलपहल : शिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पाशुपत क्षेत्र

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अवस्था सामान्य भएको हुन्थ्यो भने पाशुपत क्षेत्रमा यतिखेर रौनक बेग्लै हुन्थ्यो। त्यसो त अवस्था असामान्य पनि छैन तर पहिले झै सामान्य पनि बन्न सकेको छैन। सबैतिर खुलमखुल्ला भए पनि कोभिड १९ को मारमा परेको छ - यसपालाको शिवरात्री।

यतिखेर मृगस्थलीभन्दा तलतिर धुनी लागिरहेको हुन्थ्यो। बाबाहरु आ आफ्नै शैलीमा रत्तिरहेको देखिन्थे। बाबहरुले भरिभराउ हुने राम मन्दिर परिसर खालीखाली महसुस हुन्छ। एक हिसाबले भन्ने हो भने रौनक पूरै गुमाएको छ शिवरात्रीले। 

औशत दिनमा जति मानिस हुन्छन्, त्यति नै देखिन्छन् पाशुपत क्षेत्रमा। भारतबाट धेरै संख्यामा तीर्थालु भित्रिन्थे हरेक वर्षको शिवरात्रीमा। तर, यसपाला कोरोना भाइरसले भारतलाई नराम्ररी विथोलेको छ। त्यसको असर यहाँ देखिन्छ। गौशालादेखि वनकाली हुँदै पशुपतिनाथ क्षेत्रमा ध्वजापतका टाँगिएको छैन। न त पहिले झै झिलमिल बत्ती नै सजाइएको छ। शिवरात्रीको रौनक यति कमजोर यसअघि देखिएको थिएन। हेर्नुस् दृष्य : 



ट्रेन्डिङ पोस्ट

Ncell