PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेकपा एमालेका माधव नेपालले डाके आफ्ना समूहका केन्द्रीय सदस्यको भेला



पहिलोपोस्ट

नेकपा एमालेका माधव नेपालले डाके आफ्ना समूहका केन्द्रीय सदस्यको भेला

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका केन्द्रीय सदस्यलाई छलफलकका लागि बोलाएका छन्।

बानेश्वरको एक होटलमा अपरान्ह ४ बजे आफ्ना समूहका सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको नेपाल निकट एक नेताले बताए। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अस्तित्वमा नरहने फैसला गरेपछि नेता नेपालले एमालेमै फर्किने निर्णय गरेका थिए।

पार्टीभित्र ओली समूहसँग अब कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न केन्द्रीय सदस्यलाई बोलाइएको उनी निकट नेताको भनाई छ। 'अहिलेको परिस्थितिबारे जानकारी गराउने उद्देश्यले बोलाइएको हो। अब कसरी अगाडि बढ्ने भन्नेबारेमा कुराकानी हुनेछ,' उनले भने।

बुधवारको संसद बैठकबाट निस्किँदै गर्दा नेपालले ओली सरकारलाई जोगाउने नजोगाउनेबारे आफूसँग कसैले छलफल नै नगरेको प्रतिक्रिया दिएका थिए।

'खोइ मसँग त सरकार जोगाउने नजोगाउनेबारे कसैले कुरै गरेको छैन,' नेपालले भनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोर्चाबन्दी गरेका नेता नेपाल एमालेमै रहेर ओली प्रवृति बिरुद्ध लड्ने निष्कर्षका साथ प्रचण्डसँग छुट्टिएका थिए। एमाले माओवादीलाई अलग गर्ने सर्वोच्चको फैसलाप्रति आफ्नो सहमति नभएको भए पनि कार्यन्वयन गर्न बाध्य भएको नेपालले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell