PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा



पहिलोपोस्ट

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा
तस्बिर : क्यान

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं मेयर्स ३१.२ ओभरमा ९४ रन बनाएर अलआउट भयो।

सुरुवाती ब्याटिङमा उत्रिएको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३४ रन बनाए। त्यस्तै पवन सर्राफले २८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए।

बलिङतर्फ सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर शाहले समान ३/३ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउँदा कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन जोडे।

बलिङतर्फ पवन सर्राफले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। त्यस्तै त्यस्तै ललितनारायण राजबंशीले २ र सागर ढकालले १ विकेट लिए।

जितसँगै ४ खेलबाट ६ अंक जोडेको पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो खेलमा वाग्मती प्रदेशलाई २ रनले हराएको पुलिसले दोस्रो खेलमा एपीएफसँग ३ विकेटले पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा आर्मीलाई ३ विकेटले हराएको पुलिसले चौथो खेलमा काठमाडौंलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पुलिसबाहेकका सबै टिम फाइनलको होडमा कायमै छन् जसमा एपीएफ ४ अंकसहित सबैभन्दा अगाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell