PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सुपमा एमाले विवाद : नेपाल पक्षीय नेता प्रहरी नियन्त्रणमा, पार्टी कार्यालयमा डिएसपीको कमाण्डमा सुरक्षाकर्मी



पहिलोपोस्ट

सुपमा एमाले विवाद : नेपाल पक्षीय नेता प्रहरी नियन्त्रणमा, पार्टी कार्यालयमा डिएसपीको कमाण्डमा सुरक्षाकर्मी

कैलाली: नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा भएको कुटाकुट घटनापछि प्रहरीले एक जना नेतालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको हो।

पार्टी कार्यालयमा अहिले डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यसअघि पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि कुटाकुट भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell