PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गडवालबाट निर्वाचित भाजपा सांसद तीरथ सिंह रावत बने उत्तराखण्डको मुख्यमन्त्री



पहिलोपोस्ट

गडवालबाट निर्वाचित भाजपा सांसद तीरथ सिंह रावत बने उत्तराखण्डको मुख्यमन्त्री

नेपालसँग जोडिएको भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा भाजपा सांसद तीरथ सिंह रावत चुनिएका छन्। बुधवार अपराह्न राज्यपाल बेबी रानी मौर्यबाट राजभवनमा उनले शपथ लिए।

मंगलवार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पदबाट राजीनामा दिएपछि बुधवार बसेको भाजपा प्रदेश कार्यालयको विधायक दल बैठकले तीरथलाई चुनेको हो।

तीरथ गडवाल मण्डलको पौडी जिल्लाबाट निर्वाचित भाजपा विधानसभा सदस्य हुन्। 

मुख्यमन्त्रीको सपथ लिएपछि तीरथले आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टी अध्यक्षलाई धन्यवाद दिएका छन्। आफू सानो गाउँबाट आएको कार्यकर्ता भएको बताउँदै उनले यो मुकामसम्म पुगौला भनेर कहिल्यै नसोचेको बताए। जनताको अपेक्षामा खरो उत्रिन प्रयास गर्ने तीरथको प्रतिबद्धता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell