PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

भीम रावल प्रचण्डतिरै जानुपर्छ, हाम्रो नेता लेखराज हो : कर्ण थापा, ओली समूहले हटाएको ‘नेम प्लेट’ फेरि राखियो



एम बम

भीम रावल प्रचण्डतिरै जानुपर्छ, हाम्रो नेता लेखराज हो : कर्ण थापा, ओली समूहले हटाएको ‘नेम प्लेट’ फेरि राखियो
लेखराज भट्ट र कर्ण थापा ।

कैलाली : तत्कालीन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलको नेकपा एमालेमा कुनै हक नरहेको बताएका छन्।

बुधवार धनगढीमा दुई समूह बिच झडप भएपछि उनले भने, ‘भीम रावलमा अलिकति नैतिकता बचेको भए उनी प्रचण्डतिरै जानुपर्छ,’ उनले भने, ‘नेकपा एमालेमा उनको कुनै हक छैन।’

उनले ओली नेतृत्वले आधिकारिता पाइसकेको भन्दै सुदूरपश्चिम संयोजक लेखराज भट्ट नै रहेको दाबी गरे।

‘यहाँ पार्टीमा बबन्डर गर्नेको आवश्यकता छैन। पार्टीका नीति नियम मान्नेको मात्रै आवश्यकता छ। पार्टीमा बबन्डर गर्नेहरूका लागि नेकपा एमालेको ढोका सधैँका लागि बन्द भइसकेको छ,’ उनले भने।

बुधवार पार्टीको प्रदेश कार्यालयमा राखिएका नेम प्लेटबारे भएको विवादमा दुई समूहबिच कुटाकुट भएको थियो। ओली समूहले भीम रावल र भानुभक्त जोशीको नेम प्लेट हटाएर लेखराज भट्ट र कर्ण थापामा राखेकोमा अहिले फेरि माधव समूहले पुरानै नेम प्लेट राखिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell