PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हुन्डीको साढे ७ लाखसहित एक जना पक्राउ



पहिलोपोस्ट

हुन्डीको साढे ७ लाखसहित एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले हुन्डीको ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, कलैया–२३ बस्ने वर्ष ३८ का जयराम राउत कुर्मी रहेका छन्।

वीरगंज ६ स्थित अम्बे टेडर्समा अबै वित्तीय कारोबार भइरहेको सूचनामा प्रहरीले छापा हानी टेड्रर्समा काम गर्ने कुर्मीलाई उक्त रकमसहित पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए।

उनको साथबाट ७ हजार ४ सय भारतीय रुपैया र दुई वटा चेक पनि बरामद भएको प्रहरीले जनाएको छ। बबलु राजको नाममा जारी भएको २ लाखको र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको नगद चेक बरामद गरिएको हो।

पक्राउ परेका कुर्मीमाथि वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell