PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पर्सा–बारामा ४८ किलो गाँजासहित दुई जना पक्राउ, प्रहरी देखेर भरिया भागे



पहिलोपोस्ट

पर्सा–बारामा ४८ किलो गाँजासहित दुई जना पक्राउ, प्रहरी देखेर भरिया भागे

वीरगंज : बारा र पर्सा प्रहरीले गएराति ४८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बारा प्रहरीले बारागढि गाउँपालिका वडा नं ४ बस्ने वर्ष ५० का बाबुलाल चौधरीलाई पक्राउ गरेको हो। उनी चार जना भरियासहित पिठयुमा गाँजा बोकेर गएराति ११ बजे भारततर्फ गइरहेको अवस्थमा प्रहरी वेश क्याम्प लंगडा चोकको टोलीले गस्तीको टोलीले पक्राउ गरेको थियो। प्रहरी टोलीलाई देखेर तीन जना भरिया फरार भएको थिए।

त्यसैगरी पर्सा प्रहरीले मोटरसाइकलमा तीन किलो गाँजा लिएर वीरगंज प्रवेश गरिरहेको अवस्थामा प्रहरीको टोलीले वीरगंज १८ भवानीपुरका १९ वर्षिय प्रिन्स पटेलाई पक्राउ गरेको थियो।

उनलाई ना४६ प ५३२९ नम्बरको मोटरसाइकलमा गाँजा लिएर वीरगंज बजार तर्फ आइरहेको अवस्थामा वीरगंज ११ श्रीपुरस्थित अल्पाइन स्कूल नजिकैबाट अशंका लागेर खानतालासी गर्दा उक्त गाँजा फेला परेपछि नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell