PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

माओवादी केन्द्र मकवानपुरले पनि गर्दोइमा राख्यो आफ्नै बोर्ड



पहिलोपोस्ट

माओवादी केन्द्र मकवानपुरले पनि गर्दोइमा राख्यो आफ्नै बोर्ड

हेटौँडा : नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयले पनि गर्दोइमा पार्टी कार्यालयमा आफ्नै साइनबोर्ड राखेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि यसबाट पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र अलग्गिएका हुन्। यसैकारण गर्दोइस्थित कार्यालयमा माओवादी केन्द्रले आफ्नै बोर्ड राखेको हो।

एमालेसँग एकीकरण हुनुअघि पनि त्यहाँ माओवादीकै जिल्ला कार्यालय थियो। तर, नेकपा बनेपछि उसका जनवर्गीय संगठनहरूको कार्यालय बनाइएको थियो। सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट नै एमालेले हेटौँडा-५ पुष्पलाल पार्कस्थित जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाएर आफ्नो राखेपछि माओवादी केन्द्रले पनि आफ्नो जिल्ला कार्यालयमा आफ्नै साइनबार्ड राखेको हो। सोही कार्यालयबाट अब नेकपा माओवादी केन्द्रको नियमित काम कारबाही सञ्चालन हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell