PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका २१ हजार गर्भवति तथा बालबालिका लाभान्वित



पहिलोपोस्ट

आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका २१ हजार गर्भवति तथा बालबालिका लाभान्वित

वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषण सम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालमा पछिल्लो जनवरी १२ देखि मार्च १२ सम्म तीन महिनाको लागि सञ्चालन गरेको थियो। जस अन्तर्गत पर्साको तीन वटा पालिका र बाराको तीन वटा पालिका गरी ६ पालिकाका २१ हजार जना लाभान्वित भएको आस्मान नेपालका कार्यक्रम संयोजक ओमकुमार ठाकुरले जानकारी दिए।

पर्सामा १३ हजार २ सय ६३ र बारामा ७ हजार ६ सय ७४ जना गरी २० हजार ९ सय ३७ जना लाभान्वित भएको उनले बताए। पर्साको छिपहरमाई गाउँपालिकामा ९७२ गर्भवति महिला, १३० जना ६ महिनादेखि २३ महिना सम्मका बालबालिका गरी २२७७, कालिकामाईमा ८९३ गर्भवति महिला ११ सय १ जना बालबालिका गरी कुल ९ हजार ९४ जना र पकहामैनपुरमा ८८० महिला र एक हजार १२ बालबालिका गरी १८ सय ९२ जना, बाराको बारागढि गापामा १०५९ महिला र १४३० बालबालिका गरी २ हजार ४ सय ८९ जना, विश्रामपुर गाउँपालिकामा ९६२ महिला र १२८९ बालबालिका गरी कुल २ हजार २ सय ४५, स्वर्ण गाउँपालिकामा १२६२ महिला र १६७८ बालबालिका गरी कुल २ हजार ९ सय ४० जना लाभान्वित भएको आस्मान नेपालले जनाएको छ।

कोरोनाको समयमा विभिन्न कारणले पोषिलो खाना तथा परामर्श नपाएका गर्भवति तथा बालबालिकालाई प्रति व्यक्ति २ महिनाको लागि ६ किलो सर्बोत्तम पिठो सहयोग गर्नुको साथै पोषणयूक्त खानेकुरा बारे उचित परामर्श पनि दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell