PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पर्यटक लोभ्याउन वीरगंजमा साझेदारी कार्यक्रम घोषणा, यस्तो छ होटल व्यवसायीहरुको प्याकेज



राधेश्याम पटेल

पर्यटक लोभ्याउन वीरगंजमा साझेदारी कार्यक्रम घोषणा, यस्तो छ होटल व्यवसायीहरुको प्याकेज

वीरगंज : कोरोना महामारीले प्रभावित भएको वीरगंज आसपासको होटल तथा पर्यटन व्यवसायलाई पुनर्जीवित पार्न वीरगंजमा ‘पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रम’को घोषणा गरिएको छ। वीरगंज महानगरको साझेदारीमा होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साले ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने नाराका साथ यस्तो कार्यक्रममा घोषणा गरेको हो।

वीरगंजस्थित होटल लर्ड्स दियालो प्लाजामा बुधवार दिउँसो सम्पन्न घोषणा समारोहमा विभिन्न प्याकेज घोषणा गर्दै होटल व्यवसायमा व्यवसायीहरुले १५-३० प्रतिशतसम्म छुटको सुविधा पनि दिने बताएका छन्। व्यवसायीहरुले पर्यटन पुनरुत्थानका लागि विभिन्न ४ वटा प्याकेज घोषणा गरेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तले बताए।

प्याकेज अन्तर्गत भारतबाट आउने पर्यटकहरुलाई एकदिन वीरगंज बसाएर शुक्रवार बाराको महागढीमाई मन्दिर हुँदै जनकपुरको जानकी मन्दिरसम्म घुमाएर पुनः वीरगंज होटलमा राख्ने, शनिवार माउन्टेन फ्लाईटमार्फत पर्सा राष्ट्रिय निकुञ्ज घुमाउने र आइतवार हेटौँडाको शहीद स्मारक हुँदै चितवनको सौराहासम्म घुमाएर हात्ती तथा जंगल सफारीको प्याकेज बारे जानकारी गराइएको छ।

नेपाल भारत सीमा बन्द हुँदा पर्यटन व्यवसाय धरापमा

घोषणा समारोहका प्रमुख अतिथि एवं वीरगंज महानगरका मेयरले भारतीय गाडीलाई नेपाल प्रवेशमा लागेको प्रतिबन्ध नहटेसम्म वीरगंज र यस क्षेत्र आसपासका पर्यटकीय स्थलहरुको पुनरुत्थान सम्भव नभएको बताएका छन्। भारतीयलाई नेपाल प्रवेश गर्न दिने तर भारतीय गाडीलाई रोक लगाउने नेपाल सरकारको नियम हास्याँस्पद भएको उनले बताए। वीरगंजका विभिन्न स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने आफ्नो योजनाहरु रहेको चर्चा गर्दै वीरगंज मेयर सरावगीले संघीय सरकारको उदासिनताका कारण त्यस्तो गर्न नसकिएको बताए।

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंजका संरक्षक अनिल रुङ्गटाले पर्यटन व्यवसायीहरुसँग सरकारले सौतेनी व्यवहार गरेको बताए। उनले ९ महिनाको समयमा कोरोना महामारीको कारण पूर्ण रुपमा चौपट भएको पर्यटन व्यवसायमा संघीय सरकारले कुनै राहतको प्याकेज नल्याएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell